Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


भुजुङ गाउँमा पर्यटकको आगमन बढ्यो


0
Shares

लमजुङ । एउटै गाउँ एउटै वडाले परिचित लमजुङको भुुजुङ गाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् ।

गुरुङ संस्कृति भएको जिल्लाकै उत्कृष्ट मानिने भुजुङ गाउँमा पर्यटकहरुको आगमन बढ्न थालेको हो ।

क्होलासोँथर गाउँपालिका वडा नं. ४ मा पर्ने भुजुङ गाउँमा पर्यटन वर्षलाई लक्षित गरेर केही महिना अघिमात्रै पर्यटन महोत्सव गरेपछि गाउँमा आन्तरिक पर्यटकको चाप बढेको स्थानीय बताउँछन् ।

भौगोलिक विकटताका बावजुद पनि पर्यटकहरुको आगमन उल्लेख्य रहेको भुजुङमा सडक संरचनामा सुधार हुनसके पर्यटकहरुको आगमनमा वृद्धि हुने स्थानीयको विश्वास छ ।

मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ कार्यक्रम लागू भएको भुजुङमा पर्यटन वर्षलाई लक्षित गरी होमस्टे सुधार र थप व्यवस्थापनमा लागिपरेको स्थानीय सरकारको भनाई छ ।