उदयपुर । पर्यटकीय सम्भावना रहेको उदयपुरको पुवारे भञ्ज्याङ प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
उदयपुरको रौतामाई गाउँपालिका –७ मा पर्ने पुवारे भञ्ज्याङ हावापानी र छिनछिनमा बदलिने मौसमका कारण प्रख्यात छ ।
सदरमुकामदेखि ३७ किलोमिटर पश्चिम उत्तरी भू–भागमा पर्ने पुवारे भञ्ज्याङ मुर्कुचीदेखि १७ किलोमिटर कच्ची सडकको दुरी तय गरे पुगिन्छ ।
यो स्थानमा होटल, लज र होमस्टे जस्ता पूर्वाधार नहुँदा आगुन्तकहरुलाई समस्या भएको हो ।
स्थानीय सरकारले चासो नदेखाउँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो भए पनि बास र खानाको अभावमा मुर्कुची पुग्नुपर्ने बाध्यता छ ।





प्रतिक्रिया दिनुहोस्