Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति


221
Shares

काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति भएको छ।

आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो ।

आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएकोछ।

लामो समयसम्मको वादविवाद पश्चात अन्तत : सत्ता गठबन्धनले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेको हो।