२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिंगो गाउँमा प्रतिवन्धित गाँजा खेती: आम्दानीको लोभमा खेती नगर्न प्रहरीको आग्रह


0
Shares

-प्रकाश मैनाली/ ईमेज 

सर्लाही । लागूऔषध मानिएको गाँजामा प्रशस्त औषधीय गुण भएकाले यसमाथिको प्रतिबन्ध हटाउनुपर्ने आवाज उठ्न थालेको छ ।

गाँजाको खेती गरी विदेशमा समेत निर्यात गर्न सकिने प्रशस्त सम्भावना भएकाले यसलाई कतिपयले आर्थिक लाभसँग पनि जोडेर हेर्ने गरेका छन् ।

तर कानुनी रुपमा प्रतिबन्ध लगाइएकाले अवैध रुपमा भइरहेको गाँजाखेती प्रहरीले नष्ट गर्ने क्रम पनि जारी नै छ ।

गाँजाखेतीलाई खुल्ला गरिनुपर्ने माग पछिल्लो समय सघन रुपमा उठ्न थालेको छ ।

नेकपाका सांसद विरोध खतिवडाले केही दिनअघि यस विषयमा सिंगो संसदकै ध्यानाकर्षण गराएका थिए ।

उसो त गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने पक्षमा आवाज यसअघि उठ्ने गरेको थियो ।

यसको पक्ष तथा विपक्षमा सार्वजनिक वृत्तमै पनि मत विभाजित भएका छन् ।

केही दिनअघि प्रहरीले सर्लाहीको विकट गाउँ नारायणखोलामा गाँजा खेती नष्ट गरेको थियो ।

पाखो बारीमा व्यावसायिक गाँजाखेती भइरहेको देखेर त्यसलाई नष्ट गर्न अभियान चलाएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल बताउँछन् ।

नारायणखोलाका बासिन्दाले प्रशस्त आम्दानी हुने देखेपछि पछिल्लो समय मकै, कोदो, तोरी र अरु बाली लगाउन छाडेर गाँजाको खेती गरेको पाइएको हो ।

गाँजा खेतीमा भारतीय नागरिकले लगानी गर्दै आएको पाइएको छ । त्यहाँ फल्ने गाँजालाई प्रशोधन गरी प्रहरीको आँखा छलेर बिक्रीका लागि भारतसम्म पु¥याउने गरिन्छ ।

खेती नै गरेपछि सहज रुपमै उपलब्ध हुने भएकाले मानिसहरुमा लागूऔषधको दुव्र्यसनी बढ्दै गएको सर्लाहीका चिकित्सक राकेश सिंहको तर्क छ ।

अर्कोतिर गाँजाखेतीलाई खुल्ला गरेर यसको सदुपयोग गर्नुपर्ने आवाज पनि उठिरहेकै छ ।

नेपालको भौगोलिक संरचना र हावापानीको कारण पनि गाँजाखेतीको लागि अनुकूल भएकाले यसबाट प्रशस्त आर्थिक लाभ लिन सकिने कतिपयको तर्क छ ।

प्रशस्त औषधीय गुण भएकाले दुरुपयोग नहुने गरी कानुन बनाएर यस माथिको प्रतिबन्ध हटाउनुपर्ने प्रदेश नं २ का कृषि तथा भूमि व्यवस्थापन समिति सभापति विरेन्द्र सिंहको भनाइ छ ।

समाजलाई दुव्र्यसनीबाट जोगाउने उद्देश्यले गाँजाखेतीलाई प्रतिबन्धित गरिएको भए पनि यसको दुरुपयोग नहुने गरी यसबाट लाभ लिन सकिनेतर्फ पनि बहस चल्नुपर्छ ।