Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


विराटनगरमा मिल्क एण्ड बेभरेज इण्डष्ट्रि उद्योग


0
Shares

काठमाडौं, फागुन १४ । विराटनगरमा साढे पाँच करोडको लागतमा सुर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रि उद्योग स्थापना भएको छ ।

दुधजन्य पदार्थको उत्पादन सँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको बुधबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

उद्घाटन गर्दै उनले प्रदेश सरकारले कृषी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको र कृषिलाई वैज्ञानिकीकरण व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रम अघि सारेको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेशले दुुग्ध उत्पादनमा पुुर्ण रुपमा आत्मनिर्भर भइसकेको भन्दै कृषि पशुुपालन तथा दुुग्ध उत्पादनमा वृद्धि गर्न तथा मिल्क होलिडेको अन्त्य गर्न समेत प्रदेश सरकार थप अनुुदानका कार्यक्रम ल्याउन लागेको बताए ।

विराटनगर १४ स्थित जतुवामा स्थापना भएको सो उद्योगको दैनिक २० हजार लिटर दुुग्ध संकलनसगै प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योग सञ्चालक मनोज यादवले जानकारी दिए ।