
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भएको वार्ता पनि असफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दाहालले एमसीसीलाई अहिले संसदमा टेबल नगर्न गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले एसीसी जसरी पनि संसदमा लैजाने अडान राख्नुभएको छ ।
देउवा र दाहालको संवादपछि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजे सारिएको छ ।
यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेस एमसीसीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले लेख्नु भएको पुस्तकको आज बालुवाटारमा विमोचन गर्दै देउवाले एमसीसी देशको हितमा रहेकाले संसदमा लगेर टुंग्याउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्