काठमाडौं, फागुन १३ । नेपाल वायुसेवा निगम निजीकरण गर्न गरिएको सिफारिसको कर्मचारीहरुले विरोध जनाएका छन् ।
गत फागुन ८ गते निगम सञ्चालक समितिले निगमलाई कम्पनीका रुपमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिले निगम ऐन २०१९ को भावना र मर्मविपरीत क्षेत्राधिकारलाई समेत ख्याल नगरी निजीकरण गर्न सिफारिस गरेको भन्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो निर्णयले निगम थप धरासायी र अन्त्यमा विघटन नै समेत हुन सक्ने भन्दै सचेत गराउँदै निर्णय तत्काल खारेज गर्न युनियनले जोडदार माग गरेको छ ।
नेपाल सरकारको पुँजी वृद्धि, व्यवस्थापन करार वा रणनीतिक साझेदारजस्ता वैकल्पिक उपाय अपनाउन युनियनले सुझाएको छ ।
निर्णय खारेज नगरे आफूहरु जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै आउनसक्ने परिस्थितिको जिम्मेदारी व्यवस्थापन र सञ्चालक समितिले लिनुपर्ने चेतावनी संघले ज्ञापनपत्रमार्फत् दिएको छ ।





प्रतिक्रिया दिनुहोस्