Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सवारी आवतजावतमा रोक लगाइएपछि भन्सार असुलीमा कमी


0
Shares

रसुवा । रसुवागढी भन्सार कार्यालयमा १० दिन यता भन्सार असुलीमा कमी आएको छ ।

यही साउन १२ गते आएको वर्षाका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोलाको पुलमा क्षति हुँदा सवारी आवतजावतमा रोक लगाइएपछि भन्सार असुलीमा कमी आएको हो ।

पुलबाट यातायात सञ्चालन नहुँदा चीनको केरुङ तर्फबाट आउने तथा नेपालबाट केरुङतर्फ जाने सामान लैजान समस्या भएको छ ।

व्यापारीहरुले चीनबाट आउने अधिकांश सामान थन्क्याएर राखेका छन् ।

चीनबाट स्याउ मात्र भित्रिएका कारण भन्सार असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

घट्टेखोलाको पुल क्षति भएकै कारण दैनिक एक करोड ५० लाख रुपैयाँभन्दा बढी राजश्व असुलीमा कमी आएको उनले बताए ।