Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको प्रचण्डको दावी


351
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै एउटा परियोजना पारित गर्ने नगर्ने विषयले सत्ता गठबन्धनलाई फरक नपार्ने बताउनुभएको छ ।

माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा पार्टी मूख्यालय पेरसडाँडामा आइतबार बिहान आयोजित कार्यक्रममा उहाँले एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको जिकीर गर्नुभयो ।

संविधान, लोकतन्त्र र राष्टियताको रक्षा निम्ति गठबन्धन बनाईएको भन्दै उहाँले जुन मूल्य र मान्यतामा गठबन्धन बनाइएको हो त्यसमा सबै अडिग रहनुपर्ने बताउनुभयो ।

‘कुनै एउटा खास परियोजना गर्ने या नगर्ने भन्ने आधारमा गठबन्धन गरिएको होइन,’ भन्दै दाहालले भन्नुभयो–कुनै एउटा परियोजनासँग सम्बन्धित भएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन्छ।

आफूले नभई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक सारिएको भन्दै तर बाहिर प्रचण्डको निर्देशनमा सभामुखले संसद बैठक सारियो भन्ने कुप्रचार गरिएको दुखेसो पोख्नुभएको छ ।