Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, प्रतितोला ७८ हजार ८ सयमा कारोबार


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाला सुनको मूल्य ७८ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा कारोबार भएको सुन आज बढेर प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा पुगेको छ ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा चीनमा फैलिएको कोरोना भाइरस संक्रमण र शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तर कोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजारलाई तताएको छ ।