बारा । बाराका किसान मकैमा घोगा नलाग्दा निराश भएका छन । मकैको बोटमा सुत्ला लाग्ने बेलामा धान चमरमै दाना देखिएपछि उनीहरु निराश भएका हुन् ।
विगतमा उत्पादन राम्रो हुँदै आएकोमा यस पटक एकाएक धान चमरमै दाना लागेको र मकैको सुत्ला ननिस्किएका कारण किसानमा चिन्ता छाएको छ ।
हजारौं हेक्टरमा लगाईएको भारतबाट ल्याइएको मकैको बिउमा पहिलो पटक यस्तो समस्या देखिएको हो ।
किसानहरुले भारतको हैदरबादमा उत्पादित श्रेष्ठा एनएमएच ७३१ बिउ लगाएका थिए । वर्षौदेखि खेती गर्दै आएका किसानहरु पहिलो पटक यस्तो मकैे देखेको बताउँछन ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले मकैमा देखिएको समस्या अध्ययन गर्न केन्द्रबाट विज्ञ पठाइदिन पत्राचार गरेको बताउँछन् ।
बारामा वार्षिक ५० हजार मेट्रिक टन मकै उत्पादन हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्