ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ ।
महोत्सवमा हेलिकप्टरबाट पाथीभरा, कञ्चनजंघा लगायतका पर्यटकीय स्थलहरुको अवलोकन तथा प्याराग्लाइडिङ, अन्तर पालिका मेयरकप भलिबल,कविता वाचनलगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछ ।
यस्तै फागुन १३ गते फुङलिङबाट पाथीभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको प्रचार संयोजक खगेन्द्र अधिकारीले जानकारी दिए ।
महोत्सवले पूर्वका ताप्लेजुङसहित पाँथचर,इलाम र झापाका पर्यटकीय स्थलहरुको करिडोर बनाउने गरी प्रचारको लक्ष्य राखेको आयोजक समितिले जनाएको छ । महोत्सव फागुन १३ गतेसम्म चल्ने छ ।





प्रतिक्रिया दिनुहोस्