डडेल्धुरा, फागुन ८ । कृषि, उद्योग तथा पर्यटन प्रवर्द्धन गर्न डडेल्धुरामा चौथो डडेल्धुरा महोत्सव सुरु भएको छ ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उद्घाटन गरे ।
उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा सुरु भएको महोत्सव १८ गतेसम्म चल्नेछ ।
मेलामा स्थानीय उत्पादनलाई प्रवर्द्धन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
१०० स्टल रहेको महोत्सवमा दुई लाखले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
महोत्सवमा डोटेली खानाको विशेष परिकारहरु, स्थानीय तहस्तरीय साँस्कृतिक प्रस्तुति, हेलिकोप्टरबाट खप्तडलगायतका पर्यटकीय क्षेत्रको अवलोकन मुख्य आकर्षण रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्