काठमाडौं, फागुन ८ । बिहीबार पनि सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।
स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ७७ हजार ६०० रुपैयाँ पुग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार पनि तोलामा ४०० ले बढेर सुन तोलाको ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९१५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स १६ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्