काठमाडौं, फागुन ८ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा उछाल आयो ।
बजार परिसूचक नेप्से २९ अंकले बढ्दा हालसम्मकै उच्च दुई अर्ब ८० करोड हाराहारीको कारोबार भयो ।
कारोबार सुरु भएदेखि निरन्तरजसो उकालो लाग्दै नेप्से २९ अंकले बढेर १४ सय ३४ पुग्यो ।
यसदिन कारोबार भएकामध्ये व्यापार र सामूहिक लगानी कोष नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह उकालो लागे ।
जीवन बिमा समूहमा सबैभन्दा उच्च ३८५ अंक अनि निर्जीवन बिमा समूहमा पनि ३ सय ७४ अंकको उच्च वृद्धि आयो । लघुवित्त समूह पनि १५९ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूह ९७ अंकले बढ्यो । जलविद्युत् र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीको ५८ लाख २९ हजार कित्ता सेयर दुई अर्ब ७८ करोड ५० लाखमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
यसअघि, गएको सोमबार पनि दुई अर्ब ६९ करोडको कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्