Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


रसुवा नाकाबाट एक साता आयात नहुने


104
Shares

रसुवा, माघ १८ । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ ।

चिनियाँ नयाँ वर्ष लोसारका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो ।

चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी गराएकाले सोमबारदेखि एक साता सामान आयात नहुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

तर नेपालतर्फ आएका सामग्रीको भन्सार भने हुने बताइएको छ छ । दुई वर्षदेखि नै रसुवागढी नाकाबाट आयात-निर्यात प्रभावित हुँदै आएकोमा अहिले नाकाबाट दैनिक चिनियाँ नौ कन्टेनर मात्र सामान आयात भइरहेको थियो ।