Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मुस्ताङको हवाई सेवा प्रभावित, दिनहुँ उडान रद्द


0
Shares

मुस्ताङ । हिमालपारी मुस्ताङमा लगातार मौसम प्रतिकूल भइरहंदा हवाई उडान नियमित हुन सकको छैन ।

मौसम प्रतिकूल भएकै कारण गत सोमबारदेखि हालसम्म पोखरादेखि जोमसोमका लागि कुनै उडान हुन नसकेको जोमसोम नागरिक उड्ययन कार्यालयका प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए ।

पोखरादेखि जोमसोम आउने मार्ग र जोमसोम आसपासको मौसममा आवश्यक सुधार नहुँदा उडान भर्न समस्या परेको बताइएको छ ।

पोखरालगायत मुस्ताङमा समेत वर्षा भईरहेको र विहानको समयमा बादल र तँवालोले ढाकिँदा दैनिक उडान भर्न समस्या परेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

म्याग्दीको घोरेपानी डाँडा र मुस्ताङको लेतेमा बढी मात्रामा मौसम प्रतिकूल हुँदा हवाई उडानका लागि समस्या परेको हो ।

साउनमा जम्मा १२ दिन मात्र उडान नियमित भएको कोईरालाले जानकारी दिए ।

हवाई सेवा नियमित नहुँदा आन्तरिक र वाह्य दुबै पर्यटकले भ्रमण रद्द गर्नु परेको छ ।