Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


मेलम्चीको प्रगति र चुनौतीको विषयमा अनुगमन गर्ने


0
Shares

काठमाडौं, फागुन ४ । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा मेलम्ची आयोजनाको हालसम्मको प्रगति र चुनौतीको विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

समितिका सभापति तारादेवी भट्टले आयोजनाको स्थलगत अवलोकन पछि पानी वितरणमा हुन सक्ने समस्या र सुधारबारे पनि सम्बन्धित निकायसंग छलफल गरिने बताए ।

गत बिहिबार मात्र मेलम्चीको पानी आगामी असारसम्म सुन्दरीजल ल्याउने श्वेतपत्र खानेपानी मन्त्रालयले सार्वजनिक गरेको थियो ।