Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


भुस्याहा कुकुरलाई बन्ध्याकरण तथा रेविज खोप


52
Shares

तनहुँ । तनहुँको दमौलीमा भुस्याहा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ ।

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले भुस्याहा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

बजार क्षेत्रमा जथाभावी रुपमा भुस्याहा कुकुर छाडिँदा समस्या भएपछि भेटेरीनरी अस्पतालले बन्ध्याकरण गर्ने अभियान चलाएको हो ।

दुई दिने शिविरमा दुई सय कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ ।

सन् २०३० सम्ममा कुकुरको टोकाइबाट मानिसमा हुने रेविजको मृत्युदर शून्यमा झार्ने सरकारको लक्ष्य अनुरुप नगरभित्रका भुस्याहा कुकुरलाई खोप लगाउन थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डाक्टर बालकुमार श्रेष्ठले बताउनुभयो ।

पहिलो चरणमा व्यास नगरपालिकाभित्र रेविज विरुद्धको खोप अभियान सञ्चालन गर्ने र त्यसपछि जिल्लाका अन्य पालिकाहरुमा पनि बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गर्ने भेटेरीनरी अस्पतालले जनाएको छ ।