Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६२३ स्थानीय तहलाई दुई अर्ब अनुदान निकासा


0
Shares

काठमाडौं, फागुन २ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दुई अर्ब निकासा गरी पठाएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिलाई कार्यक्रममा समावेश गर्दै १०० दिनको रोजगारी प्रदान गर्नको लागि ६२३ स्थानीय तहको लागि दुई अर्ब सशर्त अनुदानको रुपमा पठाएको जानकारी दिएको हो ।

सरकारले चालू आर्थिक वर्षको लागि चार अर्ब ८२ करोड छुट्टाएकोमध्ये हाललाई दुई अर्ब रकम आयोजनाको पूर्ण विवरण प्राप्त भएका ६२३ गाउँपालिका तथा नगरपालिकालाई निकासा पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमका लागि चालू आर्थिक वर्षमा चार अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन भएकोमध्ये दुई अर्ब ६२ करोड विश्व बैंक (आइडीए) बाट सहयोग प्राप्त हुने र दुई अर्ब २० करोड ३२ लाख नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी बजेट कायम गरिएको थियो ।

मन्त्रालयले ७५३ ओटै स्थानीय तहहरुमा आयोजना तथा बेरोजगारको संख्या तथा बजेट अनुमान गरी प्रस्ताव पठाउन अनुरोध गरेपनि जम्मा ६२३ स्थानीय तहले मात्रै आयोजना र बेरोजगारको सूची पठाएका छन् ।

Skip This