Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


‘विद्युत् लाइन विस्तारले पर्यटकीय स्थलको सौन्दर्यता नष्ट’


0
Shares

प्रकाश लिम्बू (ईमेज)

तेह्रथुमल फागुन २ । राष्ट्रिय गौरवका आयोजनामध्येको कोशी करिडोर २ सय २० केभीए विद्युत् प्रशारण लाइन विस्तारमा प्रभावित क्षेत्रका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

लाइन विस्तार गर्दा पर्यटकीय स्थलको सौन्दर्य नष्ट हुने भन्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाका स्थानीय चिन्तित बनेका हुन् । पूर्वी पहाडी जिल्लाको हालसम्मकै ठूलो आयोजना मानिएको कोशी करिडोर दुई सय २० केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादित विद्युत् तेह्रथुम बसन्तपुरको टुटे सव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत आयोजनाको सव स्टेसनमा जोड्न कोशीडोर प्रशारण लाइन विस्तारको काम भइरहेको हो ।

सोहीअन्तर्गत आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तार जडान गर्ने कार्य सुरु गरिरहेको छ । जसका कारण प्रसिद्ध पर्यटकीय क्षेत्र पनि प्रभावित हुने देखिएको छ ।

गुराँसको राजधानीका नामले परिचित तेह्रथुमको तीनजुरेको मध्य भागबाट कोशी करिडोरको विद्युत् प्रसारण लाइन विस्तार गर्ने तयारी छ । लाइन विस्तारका क्रममा गुराँसै गुराँस भएको तेह्रथुमका चैते, चित्रे, तीनजुरे–रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी, डांगी जोरी लगायत दर्जनौ सामुदायिक वन क्षेत्रमा रुख कटान हुने भएकाले स्थानीय चिन्तित बनेका हुन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने वनका हजारौ रुखहरु काटिँदा यस क्षेत्रकोे जैविक विविधता नष्ट हुने र पर्यटकीय आकर्षण खस्किनेप्रति स्थानीय चिन्तित छन् । गुराँस पर्यटनको केन्द्र तीनजुरेको मध्य भागबाट लाइन बिस्तार हुँदा गुराँस मासिएर मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने तथा पानीका श्रोतहरु सुक्न गई नमुना शहर बसन्तपुर बजारमा खानेपानीको संकट हुने भन्दै स्थानीय चिन्तित बनेका हुन् ।

विद्युत प्रसारण लाइन विस्तार गर्दा प्रसिद्ध पर्यटकीय स्थल प्रत्यक्ष रुपमा प्रभावित हुने भएकाले लालीगुराँस नगरपालिकाले पनि विकल्प खोज्नुपर्ने बताउँदै आएको छ ।

आयोजना सञ्चालनका लागि वि.स. २०७३ सालमा प्रारम्भिक वातावरणीय परीक्षण गरिए पनि सरोकारवालाको राय बिना मुचुल्का तयार पारिएकाले समस्या देखिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । 

Skip This