
काठमाडौं, फागुन १ । पछिल्ला दिन सकारात्मक रहेको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार सामान्य ‘करेक्सन’ आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले ऋणात्मक रहेर १३ सय ४४ दशमलब पाँच नौ कायम भएर थामियो । कारोबार भने थप सुुधारिएर पौनै दुई अर्बनजिक पुग्यो ।
यसदिन बढीजसो समूह हरियो रहे पनि होटल, वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र सामूहिक लगानी कोष रातो रहेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।
होटल समूहमा ३१ अंकको गिरावट आएपनि अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन जीवन बीमा समूह सबैभन्दा उच्च १ सय २ अंकले, निर्जीवन बीमा समूह ५५ अंकले अनि उत्पादनमूलक समूह पनि ३८ अंकले उकालो लाग्यो । लघुवित्त र व्यापार समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको ३७ लाख कित्ता शेयर १ अर्ब ७७ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्