Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


‘निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न तयार’


0
Shares

काठमाडौं, माघ २९ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले व्यवसायी तथा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न तयार रहेको बताएका छन् ।

सिमेन्ट उत्पादक संघ र सडक विभागले सडकको दिगो विकासको लागि कंक्रिट सडकको विकाससम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा पोखरेलले उत्पादनमा गुणस्तरीयता ल्याउन जोड दिए ।

गुणस्तरीयता के कुराले हुन सकेको छैन, त्यसलाई खुलस्त सरकारलाई भन्न पनि उनले आग्रह गरे ।

गुणस्तरीय सामग्रीको प्रयोगको अभावका कारण पनि सडक तथा पूर्वाधार विकासमा समस्या सिर्जना भएको भन्दै उनले एक क्षेत्रले अर्कोलाई दोषमात्रै दिन नहुने टिप्पणी गरे ।

मन्त्री पोखरेलले पूर्वाधार विकासको नीति, कच्चापदार्थको र करको कारण पनि केही समस्या भए सरकारलाई भन्नसमेत आग्रह गरे ।

सिमेन्ट उत्पादक संघका उपाध्यक्ष्य ताराप्रसाद पोखरेलले मुलुक सिमेन्ट र क्लिंकरमासमेत आत्मनिर्भर हुनु गौरव गर्नुपर्ने अवस्था आएको बताए ।

सिमेन्ट उत्पादकरुले कंक्रिट सडक निर्माण गर्दा बलियो, टिकाउ र मूल्य अभिवृद्धिमासमेत सहयोग पुग्ने भन्दै यसको प्रयोगमा जोड दिएका थिए ।