
सीता पाण्डेय (इमेज)
पाल्पा, माघ २९ । कामदार र कच्चापदार्थको अभावमा शिथिल बन्दै गएको पाल्पाली ढाका उद्योगलाई पुर्नस्थापना र प्रवर्द्धनलाई बाहिरी लगानी भित्र्याउन थालिएको छ ।
पाल्पाली ढाका संघले प्रदेश नम्बर–५ सरकार, तानसेन नगरपालिका र युके एड सीप परियोजनाको साझेदारीमा पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्साहन गर्ने भएको छ ।
घट्दो उत्पादनलाई बढाएर नेपालकै एक स्वदेशी उत्पादनको पहिचान दिने बनाउन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले ढाका उत्पादनलाई फेसनअनुसार परिवर्तन गर्दै उत्पादन वृद्धिमा जोड दिने र स्वरोजगार सिर्जनामा लाग्नुपर्ने बताए ।
उनले पाल्पाली ढाकाले प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन र नेपाली पहिचानलाई विश्वसम्म चिनाउन महत्वपूर्ण हुने भन्दै यसलाई प्रदेशभरि विस्तार गर्न र स्वदेशमै वस्तुबाट धागो उत्पादन गर्ने विकल्पहरुको खोजी गर्ने बताए ।
सम्झौताअनुसार झण्डै साढे चार करोडको परियोजनाले जनशक्ति उत्पादन तालिम, ढाकाको बजारीकरणमा सहयोग, कच्चापदार्थ व्यवस्थापन र उत्पादन, डिजाइनको विधिकरण, रोजगारी सिर्जनामा पहल गर्नेछ ।
हाल जिल्लामा १० ओटा उद्योग र २० भन्दा बढी ढाका पसलहरु रहेका छन् ।
ढाकाको टोपी, आस्कोट, टाई, व्याग, पछ्यौरा, साडी, कुर्ता सुरुवाललगायत समानहरुसमेत बन्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्