काठमाडौं, साउन २१ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले जनतालाई नोक्सान हुनेगरी रौं बराबरको गलत काम पनि नगरेको दाबी गरेकी छन् ।
उनले भूमि व्यवस्थापनसम्बन्धी समस्याहरु पहिचान गरी ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थानसम्बन्धीको समस्या हल गर्ने बताइन् ।
सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अर्यालले जग्गाको कित्ताकाट फुकुवासम्बन्धी छलफल चलिरहेको पनि उल्लेख गरिन् ।
मन्त्री अर्यालले जग्गामा कित्ताकाट मन्त्रालयले रोकेको तर सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएकाले यसबारेमा अध्ययन भइरहेको र छिट्टै निर्णय गरिने उल्लेख गरिन् ।









प्रतिक्रिया दिनुहोस्