Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


धितोपत्रसम्बन्धी चारओटा नियमावलीहरुको संशोधन


0
Shares

काठमाडौं, माघ २८ । धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी चारओटा नियमावलीहरुको संशोधन गरेको छ ।

बोर्डले फागुन १ देखि लागू हुनेगरी धितोपत्रव्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ संशोधन गरेको हो ।

नियमावलीमा भएका सुधार तथा संशोधनपश्चात् प्राथमिक बजारमा संरचनात्मक सुधार भइ वास्तविक क्षेत्रका कम्पनी आकर्षित हुने, हकप्रद सेयर निष्काशनसम्बन्धी व्यवस्था थप प्रभावकारी हुने, विदेशी लगानी भित्र्याउन सहजीकरण हुनेलगायतका कारणले समग्र पुँजीबजारको विकास तथा विस्तारमा सहयोग पुग्ने बोर्डको विश्वास रहेको छ ।