२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढेर डेढ अर्बमाथि पुग्यो


0
Shares

काठमाडौं, माघ २८ । मंगलबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि बढेर डेढ अर्बमाथि पुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १३ सय ४१ पुग्यो ।

यसदिन कारोबार भएका सबैजसो समूहमा सुधार आएसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो ।

यसदिन निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ९३ अंकको वृद्धि आयो । लघुवित्त समूह पनि ७० अंकले उकालो लाग्यो । जीवनबिमा समूह पनि ५३ अंकले बढ्यो । विकास बैंक, उत्पादनमूलक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए । यसदिन मात्र व्यापार समूह १० अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७५ कम्पनीको ४० लाख कित्ता बराबर सेयर एक अर्ब ५४ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।