काठमाडौं, माघ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको जस्तो गतिमा काम हुन नसकेको बताएका छन् ।
आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्रीले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् ।
मुलुकमा विकास निर्माणले गति लिएपनि सरकारले चाहेको अपेक्षा गरेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
विशेषगरी उनले न्यून पूँजीगत खर्च परिचालन, वैदेशिक सहयोगका आयोजनामा भइरहेको ढिलासुस्तीबारे उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उपलब्धि भएपनि सन्तोषजनक नभएको उनको गुनासो रह्यो ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म पुँजीगत खर्च जम्मा १५ प्रतिशत भएको छ ।
चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा युवा तथा खेलकुद मन्त्रालयले सबैभन्दा बढी १९ प्रतिशत विकास खर्च गरेको छ ।
यस्तै, यस अवधिमा १० ओटा आयोजनाको मात्रै ८० प्रतिशत बढी भौतिक प्रगति भएको योजना आयोगको तथ्यांक छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहमा आर्थिक अराजकता बढ्दै गएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।
प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले तथ्यांकले गिज्याइरहेको भन्दै विकासलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्