Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सुनको मूल्य बढ्यो


0
Shares

काठमाडौं, माघ २६ ।  आइतबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर ७६ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि चारै सयले बढेर ७५ हजार ६ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ८ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।

यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ७३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।