Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


‘सुदूरपश्चिमको विकासका लागि सुख्खा बन्दरगाह, औद्योगिक करिडोर र सेजको स्थापना आवश्यक’


0
Shares

कैलाली, माघ २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिमको विकासका लागि सुख्खा बन्दरगाह, औद्योगिक करिडोर र सेजको स्थापना आवश्यक रहेको बताएका छन् ।

आइतबार कैलालीमा भएको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिमको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताए ।

मन्त्री भट्टले दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, दैजीमा औद्योगिक क्षेत्र, अत्तरिया—धनगढीलाई औद्योगिक करिडोर र डुडेझारीमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार जुटेको जानकारी दिए ।