Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व


0
Shares

काठमाडौं, माघ २५ । नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्वका लागि सदस्यहरु निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न संघको ३९औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यसमिति सदस्यमा व्यक्तिगततर्फ ११ जना र संस्थागततर्फ ६ ओटा संस्थाका प्रतिनिधि निर्वाचित भएका छन् ।

व्यक्तिगततर्फ किरणकुमार श्रेष्ठ, धर्मानन्ध अधिकारी, सुमन पोख्रेल, आशा अधिकारी, अनु जोशी, इन्द्रकुमार श्रेष्ठ, हेमा अधिकारी, मनिष झा, सुजन आचार्य, मिलन गुरुङ र मोहन ओझा निर्वाचित भएका छन् ।

संस्थागत तर्फबाट ६ सदस्य चयन हुनुपर्नेमा अधिकांशमा सरकारी संस्थाहरु निर्वाचित भएका छन् ।

सोमबार बस्ने नयाँ कार्यसमितिको बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्ने ‘म्यान’ले जनाएको छ ।