Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’


0
Shares

काठमाडौं, माघ २५ । एनसेलले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।

कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिनसक्ने ‘भ्यालेन्टाइन अफर’ ल्याएको जनाएको हो ।

प्रणय दिवसको अवसरमा एनसेलले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत् ल्याएको यो ‘भ्यालेन्टाइन अफर’मा ग्राहकले करबाहेक मात्र १०० रुपैयाँमा ७०० मिनेट ‘अन नेट टक टाइम’ रहेको साप्ताहिक ‘भ्वाइस प्याक’को मजा लिनसक्ने जनाइएको छ ।

यही शुक्रबार माघ २४ गतेदेखि लागू यो योजना तीन महिनासम्म सन्चालनमा रहने कम्पनीले जनाएको छ ।