बाग्लुङ । बाग्लुङको पञ्चकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
पूर्वाधार निर्माणको थालनीसँगै धार्मिक पर्यटकको आगमन बढेको हो ।
मुस्ताङको मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने अभियान सुरु भएपछि भारतीय पर्यटक बढी आउन थालेका छन् ।
पञ्चकोटलाई हिन्दु र बौद्ध धर्मावलम्बीको दर्शन गन्तव्य बनाउने अभियान सुरु भएको छ ।
दुई वर्षअघि बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको थियो ।
पूर्वाधार निर्माणकै क्रममा पनि वार्षिक एक लाख हाराहारी पर्यटकहरू आइरहेका छन् ।
होटल व्यवसायीका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुमेर जाने क्रम सुरु भएको छ ।
१ हजार ५ सय मिटर उचाइमा निर्माण गर्न प्रस्तावित १ सय ८ फिट अग्लो कलश धौलागिरिका अधिकांश स्थानबाट देख्न सकिन्छ ।
यहाँ कलशसँगै राखिने ५ हजार ५ सय ५५ किलोको घण्ट स्थापनाको तयारी भएको छ ।





प्रतिक्रिया दिनुहोस्