Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालसहित ५ जनाविरुद्ध मुद्दा


507
Shares

काठमाडौं, पुष २० । राजस्व अनुसन्धान विभागले नक्कली बिल बिजक प्रयोग गरी झुट्टा कारोबार देखाउने आनसान ईन्टरनेशनल विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।

विभागले झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तिय विवरण तथा आय विवरण तयार गरेको आरोपमा १ अर्ब २० करोड मागदाबी सहित मुद्धा दायर गरेकोे हो ।

विभागले आनसान ईन्टरनेशनल प्राईभेट लिमिटेड का सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ तथा सो को लेखा परिक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका राजेश्वर श्रेष्ठ विरुद्ध मुदा दायर गरेको हो ।

शोभाकान्त ढकाल बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त हुन् । विभागले मुल्य अभिवृद्धि कर तर्फ ४६ करोेड २६ लाख, आयकरतर्फ ६८ करोड ४८ लाख तथा लाभांशतर्फ ९ करोड ७४ लाख गरी कुल १ अर्ब २० करोड ४९ लाख बिगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र ३ वर्षको कैद माग गरेको जनाएकोे छ ।

यसरी ढकाल विरुद्ध कूल दुई अर्ब ४० करोड ९८ लाख बराबर दाबी गरिएको छ । लेखापरीक्षक श्रेष्ठलाई मतियार ठहर गरी आधा बराबरको सजायको मागदाबी सहित अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।