काठमाडौं, माघ २३ । एनआईसी एसिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको छ ।
एनआईसी एसिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको कम्पनीले जनाएको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।
यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकामा पछिल्लोपटक यो समझदारीले ग्राहकहरु थप लाभान्वित हुने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्