नारायणी लामिछाने र विनोद बजगाइँ (इमेज)
काठमाडौं, माघ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि तातेको छ ।
विभागले बिहीबारदेखि नै ललिता निवास जग्गा प्रकरणमा जोडिएकाहरुको सम्पत्ति छानबिन सुरु गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचारमा संलग्न भएका व्यक्तिहरुले आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग छ ।
यही अधिकार प्रयोग गर्दै विभागले अख्तियारले डामेकाहरुको सम्पत्ति छानबिन सुरु गरेको हो ।
भ्रष्टाचार नियन्त्रण गरी सुशासनसहितको राज्यको परिकल्पना राखेर विभागले शंकास्पद व्यक्तिको सम्पत्ति छानबिन गर्ने गर्छ ।
विभागले यति ठूलो संख्याका मानिसको सम्पत्ति छानबिन गर्न लागेको यो पहिलोपटक हो ।
आफ्नो छानबिन कार्यमा कहीँ–कतैबाट हस्तक्षेप नहोस् भन्नेमा विभाग सचेत देखिन्छ ।
नेपालमा करछली, भ्रष्टाचार, लागुपदार्थ ओसार–पसार तथा मानव बेचबिखनजस्ता अपराध हुने गरेको राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले औंल्याएको छ ।
ती अपराधकर्मबाट कालोधन आर्जन हुनसक्ने भएकाले विभागले छानबिन गर्ने गर्दछ । शंकास्पद सम्पत्तिको छानबिन गर्दा स्रोत नखुलेको पाइए सम्पत्ति जफत हुने विभागले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्