Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेप्से ५ अंक बढीले सकारात्मक


0
Shares

काठमाडौं, माघ २२ । बुधबार सेयरबजारमा सामान्य सुधार आयो ।

अघिल्लो दिन ओरालो लागेको बजार परिसूचक नेप्से यसदिन पुनः सामान्य अंकले सकारात्मक रह्यो ।

उतार–चढावबीच नेप्से ५ अंक बढीले सकारात्मक रहेर १३ सय ४२ कायम भएर थामियो ।

यसदिन कारोबार भने पछिल्ला दिनका औसत कारोबारका तुलनामा केही कम रह्यो ।

यसदिन कारोबार भएकामध्ये बढी समूह सकारात्मक रहे । उत्पादनमूलक, जलविद्युत्, विकास बैंक र सामूहिक लगानी कोष सामान्य अंकले रातो रहेबाहेक अरु समूह धनात्मक रहेका हुन् ।

यसदिन होटल समूहमा सबैभन्दा उच्च ४२ अंकको वृद्धि आयो । जीवनबिमा समूह ३८ अंकले उकालो लाग्यो । व्यापार, निर्जीवन बिमा र अन्य समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका ३२ लाख ६० हजार कित्ता सेयर एक अर्ब ८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।