Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


काठमाडौं–पोखरा मोटर र्‍याली हुँदै


0
Shares

काठमाडौं, माघ २० । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उपलक्ष्यमा आन्तरिक पर्यटन प्रवर्द्धन र क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यसहित केजीएच फाउन्डेसन र रोटरी क्लब अफ वाग्मती काठमाडौंको आयोजनामा सातौं काठमाडौं–पोखरा मोटर र्‍याली आयोजना हुँदैछ ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराएका हुन् ।

आगामी माघ २३ गते बिहीबार ‘द अमेजिङ मोटर र्‍याली २०२०’ हुन लागेको हो ।

नेपालको पर्यटन प्रवर्द्धनमा आन्तरिक पर्यटनको पनि अति नै महत्वपूर्ण योगदान रहने हुँदा यसको प्रवर्द्धन गर्नु नै र्‍यालीको मुख्य लक्ष्य रहेको आयोजकको दाबी छ ।