Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कोरोना भाइरसको प्रभावलाई सामना गर्ने योजना आवश्यक : होटल ब्यवसायी


0
Shares

पोखरा । कोरोना भाइरसबाट पर्यटन क्षेत्रलाई थप प्रभावित हुन नदिन सरकार र व्यवसायी तथा स्वयम पर्यटक समेत सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्

आइतबार पोखरामा आयोजित पश्चिमाञ्चल होटल संघको ३९ औं साधारण सभामा सहभागीहरुले कोरोना भाइरसको प्रभावलाई सामना गर्ने गरी योजना ल्याउन सरकारलाई आग्रह पनि गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले तयारी विना नेपाल भ्रमण बर्ष २०२० ल्याइएको भनी आलोचना गरे । उनले पुर्वाधार र राम्रा सडक नहुँदा पनि भ्रमण बर्ष चुनौतिपूर्ण हुने बताए ।

फेवा तालको मापदण्ड ६५ मिटर लागू गर्दा उक्त क्षेत्र भित्रको जग्गाको मुअब्जा दिन आबश्यक रकम जुटाउने कार्य चुनौतिपूर्ण रहेको पनि जिसिले उल्लेख गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरालाई यथाशक्य छिटो पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिलो समय चीनमा देखिएको कोरोना भाइरसका कारण पोखराका होटलहरु सुनसान जस्तै देखिएका छन् ।

होटलका बुकिङहरु पनि पर्यटकले रद्द गरे पछि ब्यवसायी चिन्तित भएका छन् ।