Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सुनको भाउ पुनः उकालो लागेर ७६ हजार ५ सय पुग्यो


0
Shares

काठमाडौं । आइतबार सुनको भाउ उकालो लागेर पुनः हालसम्मकै सर्वाधिक उचाई तोलाको ७६ हजार ५ सय लाई भेटेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर ७६ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

यसअघि गत पुष २३ गते पनि ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस यता मूल्यमा सामान्य कमी आउँदै चीनमा कोरोना भाइरसको सन्त्रास लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पुनः सूनको मूल्य उचाईतर्फ लाग्दै गएको विश्लेषण गरिएको छ ।

यसदिन चाँदीको मुल्य पनि ५ रुपैयाँले उकालो लागेर ८ सय ९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आईतबार साँँझसम्म सुन प्रति औन्स १५ सय ८७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।