काठमाडौं । साताको पहिलो दिन आईतबार पनि नेप्से दोहोरो अंकको सुधार जारी रह्यो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से २१ अंकले उकालो लागेर १३ सय ४६ मा पुग्यो । यसदिन कारोबार पनि उच्च २ अर्ब माथी रह्यो ।
गत विहीबार पनि नेप्स २० अक बराबरले नै उकालो लागेको थियो भने कारोबार २ अर्ब हाराहारी भएको थियो ।
यसदिन कारोबार भएका अधिकांश समुहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
यसदिन निर्जिवन बिमा समुहमा १ सय १ अंकको सुधार आउदा उत्पादनमुलक समुह ४७ अंकले उक्लियो ।
विकास बैंक, वाणिज्य बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले बढे । यस दिन व्यापार र जीवन बिमा समुह मात्र नगन्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार कित्ता शेयर २ अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्