काठमाडौं, माघ १८ । सडक यातायातमै नयाँ मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थको निर्माणकार्य अघि बढेको छ ।
निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ ।
कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण सुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार पनि संलग्न हुने प्रमुख थापाले बताए ।
कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने, सम्भव भएसम्मका उपकरण यहीँको प्रयोग गर्ने जनाएको छ ।
जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो ।
यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्