काठमाडौं, माघ १७ । हिरो मोटरसाइकलले नयाँ एक्सचेन्ज अफर मेला सन्चालन गरेको छ ।
हिरो मोटर कर्पको नेपालका लागि अधिकृत बिक्रेता नेपाल जनरल मार्केटिङले आफ्ना ग्राहकका लागि एक्सचेन्ज अफर ल्याएको हो ।
शुक्रबारदेखि राजधानीको सिफलमा आयोजना गरिएको एक्सचेन्ज मेलामा शून्य प्रतिशत डाउन पेमेन्टमा हिरो बाइक उपलब्ध गराइएको छ ।
तीन दिनसम्म सन्चालन गरिएको एक्सचेन्ज मेलामा सहभागीलाई मूल्यांकन रकममा १० हजार थप गर्ने कम्पनीले जनाएको छ ।
मेलामा हिरोका नयाँ मोडल एक्स पल्स टी र एक्स पल्स पनि राखिएको र यसबारेमा ग्राहकहरुलाई जानकारी गराइएको जनरल मार्केटिङका वरिष्ठ प्रबन्धक दिनेश बज्राचार्यले उल्लेख गरे ।
मेलामा २०० बाइक एक्सचेन्ज हुने कम्पनीको अनुमान छ ।
हिरोले ल्याएको एक्स पल्स २०० टीको मूल्य तीन लाख ३२ हजार र एक्स पल्स २०० को बजार मूल्य तीन लाख ८५ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्