काठमाडौं, माघ १७ । काठ तथा फर्निचर र यी क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिकोबारेमा जानकारी दिने र यस क्षेत्रको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय उड प्रदर्शनी सुरु भएको छ ।
मेलाको शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे ।
फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्ट र मिडिया सोलुसन्सले संयुक्तरुपमा आयोजना गरेको मेलामा फर्निचरको उत्पादन गर्नका लागि प्रयोग हुने विभिन्न मेसिन तथा उपकरणहरुसमेत राखिएका छन् ।
नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने तथा अन्तर्राष्ट्रिय प्रविधिबारे परिचित गराउने उद्देश्यसहित सुरु भएको मेलामा २०० भन्दा बढी ब्रान्डका १५० बढी स्टलहरु राखिएका छन् ।





प्रतिक्रिया दिनुहोस्