Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


धरौटी रकम बढाए व्यवसाय बन्द गर्ने वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी


0
Shares

काठमाडौं, साउन २० । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको धरौटी ६ करोड पुर्‍याए सबै व्यवसायीले व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

सरकारले म्यानपार व्यवसायीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्‍याउने गृहकार्य गरिरहेको छ ।

धरौटी बढाइए साना व्यवसायी पलायन हुने र यसबाट पूँजीपतिलाई मात्रै मलजल गर्ने संघका अध्यक्ष रोहन गुरुङको दाबी छ । संघको हालै बसेको भेलाले धरौटी बढाइए व्यवसायी बन्द गरी कार्यालयको साँचो सरकारलाई बुझाउने निर्णय गरिसकेको उनको भनाइ छ ।

उनले आगामी पाँच वर्षभित्र रोजगारीका लागि नेपाली बाहिर जानु नपर्ने घोषणा गरेको यही सरकारले धरौटी रकम किन बढाउनु पर्‍यो भन्ने प्रश्न पनि गरे ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन आफूहरु तयार रहेको तर धरौटी बढाउन तयार नरहेको उनले बताए ।