Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


च्याउ खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्दै बेनीका महिला


0
Shares

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा राक्सेका महिला व्यवसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।

परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

डेढ वर्ष अघिदेखि च्याउ खेती शुरु गरेका महिलाले च्याउ विक्री गरेर वार्षिक ३ लाख रुपैयाँ कमाउन थालेका छन् । बजारमा च्याउको माग बढ्दै गएपछि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ ।

६ बर्षअघि युवा स्वरोजगार कार्यक्रमबाट चारवटा टनेलमा च्याउ खेती शुरु गरेका दुई जना महिलाको आम्दानीबाट प्रभावित भएर गाउँका अन्य महिलाले पनि च्याउ खेती शुरु गरेका हुन ।

घरायसी कामभन्दा च्याउ खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने उनीहरु बताउँछन् ।

सुरुमा ३ लाख लगानी गरेर ४ वटा टलेन बनाएर सुरु गरिएको च्याउ खेतीबाट एक वर्षमा ६ क्विन्टल च्याउ बिक्री भएको उनीहरुको भनाइ छ ।