काठमाडौं, माघ १६ । कुनैपनि वस्तु वा सेवाको क्रय–विक्रयपश्चात् सोको भुक्तानी डिजिटल प्रणालीमार्फत् कुनै कार्ड वा मोबाइल एपमार्फत् भुक्तानी गर्नु नै ‘डिजिटल पेमेन्ट’ हो ।
सरकारले सुरु गर्न लागेको डिजिटल नेपालको योजनामासमेत डिजिटल पेमेन्टको अवधारण ल्याइएको छ ।
पछिल्लो समय विभिन्न कम्पनी तथा बैंकहरुमार्फत् आफ्नै मोबाइलबाटै इन्टरनेट, टेलिफोन तथा बिजुलीको बिल तिर्नसक्ने, अन्तर बैंक कारोबार र तेस्रो पक्ष भुक्तानीसमेत सहजरुपमा गर्न सकिने भएको छ ।
पछिल्लो समय इसेवा, खल्ती डटकम, फोन पे, सेल पे, आइएमई पे, प्रभु पेलगायतका कम्पनीका मोबाइल वालेट सेवा सुरु भएका छन् ।
यसैगरी, पेमेन्टका लागि कार्डको प्रयोग तथा प्रयोगकर्ताहरु बढ्दै गएपनि पूर्ण डिजिटलाइजेसनमा भने पुग्न केही समय लाग्ने विश्लेषण गरिँदै आएको छ ।
व्यक्तिको कारोबारी लागत तथा समयको व्यवस्थापन, नोट छपाइको लागत कम गर्न राष्ट्र बैंक डिजिटल पेमेन्ट सिस्टमलाई व्यवस्थित बनाउन क्रियाशील रहेको बताउँछन्, नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट ।
डिजिटल पेमेन्टमा आउन सक्ने समस्या तथा सुरक्षाको जोखिम न्यूनीकरण गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरेको भट्टले बताए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा ६८ लाख १९ हजार डेबिट कार्ड प्रयोगकर्ताहरु छन् भने एक लाख ३७ हजार क्रेडिट कार्ड प्रयोगकर्ताहरु छन् ।
नेपाल क्यिरिङ हाउस लिमिटेड (एनसीएचएल) कनेक्ट आइपीएसमार्फत् दैनिक १२ अर्बको अन्तरबैंक कारोबार र ३२ अर्ब रकम बराबरको चेककोे राफसाफ हुँदै आएको जनाइएको छ ।
पछिल्लो समय विद्युतीय भुक्तानी बढ्दै गएपनि अपेक्षित लक्ष्यअनुसार भने हुन केही समय लाग्ने बताउँछन्, नेपाल क्यिरिङ हाउस लिमिटेडका कार्यकारी निर्देशक निलनेशमान सिंह प्रधान ।
पछिल्लो समय चेक क्यिलरेन्स तथा अन्तरबैंक विद्युतीय कारोबार ५० प्रतिशतले वृद्धि भएको एनसीएचएलको तथ्यांक छ ।





प्रतिक्रिया दिनुहोस्