Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


‘पाटा’को ‘नाइस’ कार्यक्रम सर्‍यो


0
Shares

काठमाडौं, माघ १६ । चीनमा देखापरेको ‘कोरोनाभाइरस’का कारण पर्यटन क्षेत्रमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्न लागेको नेपाल इन्डिया चाइना एक्सपो (नाइस) कार्यक्रम सरेको छ ।

पाटा नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ सँगको सहकार्य तथा समन्वयमा फेब्रुअरी २२ देखि २५ सम्म नाइस कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो ।

कोरोनाभाइरसका कारण चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिको सहजरुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई यसै वर्ष आयोजना गर्नेगरी तत्कालका लागि पछि सारिएको पाटा नेपालले बिहीबार विज्ञप्तिमार्फत् जनाएको हो ।