काठमाडौं, साउन २० । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकहरुलाई निःशुल्क ड्राईभिङ तालिम, मेकानिकल तालिम, फाईनान्सको सुविधा र १ वर्षको बीमा सुविधा दिइने भएको छ ।
२ वर्ष सम्म सञ्चालन गरिने यो अभियानबाट २ सय जनालाई रोजगारीको अवसर प्रदान गर्ने कम्पनीको दाबी छ । युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न यस्तो सस्तो र सहज योजना ल्याएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्