Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


पाँचबुँदे सहमतिसँगै वीरेन्द्रनगर शान्त


0
Shares

सुर्खेत, माघ १६ । गएको मंगलबार टिपरले किचेर युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर शान्त बनेको छ ।

बिहीबार स्थानीय प्रशासन र मृतकका आफन्तबीच पाँचबुँदे सहमति भएपछि वीरेन्द्रनगर शान्त बनेको हो ।

प्रहरी नियन्त्रणमा रहेका टिपरचालकलाई हदैसम्मको कारबाहीका लागि पहल गरिने, पीडित परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने सहमति दुवै पक्षबीच भएको छ ।

त्यस्तै, थप राहत र आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने र मृतकको शव ‘पोस्टमार्टम’ गरी आफन्तले बुझिलिने पनि सहमतिमा उल्लेख छ ।

गएको मंगलबार टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।